बारा । बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना देखिएको हो ।

यससँगै बारामा कुल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएका छन् । एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया