कपिलवस्तु । एकैदिन ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितमध्ये दुई महिला र अन्य पुरुष छन् । दश पालिकामध्ये आज महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा गाउँपालिकामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

संक्रमितहरु तीन साताअघि भारतका विभिन्न शहरबाट आई क्वारेन्टिनमा बसेको प्रजिअ पौडेलले बताए । महाराजगञ्जका १६ देखि ४५ वर्षसम्मका ३३ पुरुष हुनुहुन्छ । स्वास्थ्य संयोजक राधेश्याम कलवारका अनुसार वडा नं १ र २ का एकएक, वडा नं। ४ का दुई, वडा नं ७ का तीन, वडा नं ८ का १५, वडा नं ९ का सात र वडा नं १० का सात जना छन् । सोमबार २६० जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको संयोजक कलवारले बताए ।

संक्रमितलाई महाराजगञ्जको जानकी माविमा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारी गरिएको कलवारले बताए । कृष्णनगरका १८ देखि ४५ वर्षसम्मका १६ पुरुषमा संक्रमण भेटिएको छ । स्वास्थ्य संयोजक अनिल विश्वकर्माका अनुसार भेटिएका संक्रमित वडा नं ६ का नौ, वडा नं ७ का तीन, वडा नं १० का दुई र वडा नं १२ का एक जना छन् । अर्का एक जनाको भने ठेगाना खुल्न नसकेको जानकारी दिए । आइतबार १६७ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकामा १६ जनाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

त्यस्तै यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ तथा २५ र १९ वर्षीया दुई महिला छन् । यशोधराका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवेका अनुसार संक्रमित वडा नं ४ का सात, वडा नं ५ का १३ र वडा नं ८ का आठ जना छन् । भेटिएका संक्रमितको स्वाब यही जेठ १२ गते काठमाडौँको जनस्वास्थ्य प्रयोगशाला पठाइएको बताए । यससँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । तिनमध्ये १५ जना कोरोना जितेर घर फर्किसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया