कैलाली । डडेल्धुराको क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोटस्थित क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिला र उनका श्रीमान् भारतबाट चार दिनअघि आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए ।

सप्रनि विष्टका अनुसार मंगलबार राति श्रीमान्सँगै शौचालय जाँदा महिला एक्कासि बेहोस भएर मृत्यु भएको खबर प्राप्त भएको छ । विस्तृत विवरण घटनास्थल पुगेपछि थाहा हुने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।

तपाईको प्रतिक्रिया