चितवन । कोरोना संक्रमण जोखिमका कारण जारी कलडाउनका कारण खाद्यान्न संकट परेका परिवारलाई रोट्र्याक्ट क्लब अफ नारायणगढले सहयोग गरेको छ ।

मजदुरी गरेर खाने चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको हो । कालिका नगरपालिकाको वडा नम्बर १० र ११ का अति विपन्न ६३ परिवारलाई राहत वितरण गरिएको हो ।

सिद्धिको तीन दोभानमा दुई वडाका अतिविपन्न परिवारलाई जममा गरेर राहत सहयोग गरेका थिए । प्रतिपरिवारलाई एक बोरा चामल, नुन, तेल वितिरण गरिएको रोट्र्याक्ट क्लब अफ नारायणगढका क्लबका अध्यक्ष सन्तोष थापाले बताए ।

लकडाउनका कारण मजदुरी गर्न नपाएपछि चेपाङ समुदाय समस्यामा परेका छन् । चेपाङ गाउँमा खाद्यान्न संकटको समस्या देखिन थालेको छ । रोट्र्याक्ट क्लबको सहयोगले गरिब परिवारलाई राहत महसुस भएको वडाध्यक्ष दिलबहादुर गुरुङले बताए ।

क्लबले यसअघि प्रदेश तीनको ट्राफिकको प्रदेश कार्यालयलाई पिपिई ग्लोब्स वितरण गरेको हो । आवश्यकताअनुसार अन्यत्र पनि सहयोग गरिने अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया