महेश पाण्डे
२३ जेष्ठ, चितवन । सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने गंगा प्लाजाका व्यवसायीको माग गरेका छन् । बिगत ७२ दिन देखि व्यवसाय ठप्प भएकाले धेरै गाह्रो भएको भन्दै उनिहरुले यस्तो माग गरेका हुन् ।
बिहीबार रत्ननगर १, सौराहा चोकमा रहेको गंगा प्लाजा व्यवसायी समितीले आफ्ना व्यवसायी, रत्ननगर उद्योघ वाणीज्य संघका अध्यक्ष राजाराम रेग्मी र पत्रकारहरुको माझमा छलफल कार्यक्रम राखेका थिए ।

कार्यक्रममा गंगा प्लाजा व्यवसायी समितीका अध्यक्ष बिष्णु प्रसाद भट्टराईले हालका दिनमा कोही ब्यवसाय सञ्चानल गरि रहने उनिहरुलाई कोरोना संक्रमणको भय नहुने तर आफुहरुले शुरक्षित ढंगले ब्यवसाय गर्न किन नपाउने ? भन्ने प्रश्न गर्दै यसको लागि सहज वातावरण मिलाउन रत्ननगर उद्योघ वाणीज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई आग्रह गरेका थिए ।

जवाफमा रेग्मीले रत्ननगर उद्योग वाणीज्ज संघ लगाएत चितवन जिल्लामा रहेका सबै संघ संगठनको संयुक्त पहलमा चितवनका प्रमुख जिल्ला अधिकारीसंग यस बिषयमा छलफल भइरहेको र उहां सकारात्मक देखिनुभएको जानकारी दिदै आगामी सोमबार सम्म कुर्न अनुरोध गरे । उनले आगामी सोमबार सम्म केहि न केहि चितवन प्रशासनबाट निर्णय आउने र त्यस पछि समाधानको उपाए खोजिने जिकिर गरे ।

रेग्मीले ब्यवसाय ठप्प हुदा सबैलाई मर्का परेको बताउदै ब्यवसायको प्रकृती अनुसारको समय निर्धारण गरेर सुरक्षित ढंगले ब्यवसाय संचालन गर्नको लागि आफुहरुले पहल गरिरहेको र सोमबार पछि सबै बस्तुगत ब्यवसायीसंग छलफल गरेर निचोड निकाल्ने बताए ।

हाल सौराहा चोकमा रहेको गंगा प्लाजामा ४५ भन्दा बढि सटरमा ब्यवसाय सञ्चालनमा रहेका छन । जसमा प्रत्यक्ष रुपमा १२० भन्दा बढिले रोजगारी पाएका छन् भने सो ठाउंमा कपडा पसल, जुत्ता पसल, बेवी सप, मोबाइल पसल लगाएतका व्यवसायहरु संञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया