चितवन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टाँडी शाखाले प्रदान गर्दै आइरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति शुक्रबार एक समारोहबीच वितरण गरिएको छ ।
शाखा प्रमुख ज्योतिराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०७६ सालको उच्च माध्यमिक तहको परीक्षामा शाखामा आवद्ध समूह सदस्यका छोराछोरीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

छात्रातर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने प्रमिशा श्रेष्ठलाई स्थानीय समाजसेवी भरत पाण्डे र छात्रतर्फ आदर्श सुवेदीलाई रत्ननगर १ का वडाध्यक्ष शंकरसिं तामाङले छात्रवृत्ति रकम तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया