
चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका माडी ६ कल्याणपुरका २७ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
भारतबाट ११ दिनअघिमात्रै माडी आएका युवकमा ज्वरो र खोकीको समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालमा सञ्चालित कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।
उनको शनिबार बिहान साढे १० बजे मृत्यु भएको हो । उनको स्वाब संकलन गरी भरतपुर प्रयोगशालामा पठाइएको छ । रिपोर्टपश्चात् उनमा कोरोना संक्रमण भए नभएको यकिन हुनेछ ।