महेश पाण्डे
२६ जेठ, चितवन । रोटरी क्लब अफ रत्ननगरले नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण गरेको छ । करिब ३५ लाखको लगानीमा रत्ननगर–७, सिसुवारमा निर्माण सम्पन्न भएको उक्त रोटरी क्लक टावर आज (सोमबार) एक कार्यक्रमका बिच रत्ननगर वडा नं. ७ का अध्यक्ष लाल बहादुर भट्ट र स्थानीय क्लब प्याराडाइज युवा क्लबका अध्यक्ष मथुरा महत्तोलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष बिपिन पोख्रेलले उक्त टावर नेपालकै पहिलो रोटरी क्लब टावर रहेको र पर्यटकीय नगरी सौराहा प्रवेश गर्दा बाटोमा पर्ने भएकाले सो टावरले सौराहाकोनै सौन्दर्यता थपेको जिकिर गर्दै अबको टावरको संरक्षणको जिम्मा वडा नं. ७ को कार्यालय र त्यहाका स्थानीय बासीन्दाको भएको बताए । उनले रोटरी क्लब अफ रत्ननगरले टिकौलीमा सार्वजजिक सौचालय निर्माण, मुसहर बस्ति निर्माण साथै क्लक टावर निर्माण लगाएतको काम सम्मन्न गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक काममानै लागि रहने प्रतिबद्धता पनि प्रकट गरे ।

क्लबको उद्धघाटनमा भच्र्युयल माध्यमबाट उपस्थित रहेका रोटरी अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२९२ का डि.जी. किरण लाल श्रेष्ठले प्रयास गरे सिखरमा पुगिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै रत्ननगर क्लब अफ रत्ननगरले गरेको सो कार्यको मुक्तकण्ठले प्रशंसा गरे । उनले सो क्लब टावर नेपालको पहिलो रोटरी क्लक टावर भएको र यस पछि बांकी २ वटा क्लक टावर हस्तान्तरण हुने प्रक्रियामा रहेको जानकारी दिए । उनले कोरोना भाईरसको रोकथामको लागि रोटरीले हालसम्म नेपालमा करिब १५ करोड सहयोग गरिसकेको पनि जानकारी दिए ।

कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले रोटरीले गरेका कार्यहरु सबै सफल हुने गरेकोमा आफुलाई खुसी लागेको बताए । उनले रोटरीमा समाजका बौद्धिक, अगुवाहरुको आवद्धता हुने गरेकाले मात्र सो कुरा सम्भव भएको बताए । उनले सरकारले गर्ने धेरै काम रोटरीले गरेकाले पनि रोटरीलाई सानो सरकारको संज्ञा पनि दिए ।

कार्र्यक्रमका अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रत्ननगरसंग रोटरी जोडिएको बताए । उनले यदि रोटरीले कुनै कार्य गर्न खोज्यो र रत्ननगरमा कहि कतै स्थान उपलब्ध गराउन परे सदैव आफु तयार रहेको पनि जिकिर गरे ।

कार्यक्रममा पूर्व डिस्ट्रिक गर्भनरहरु रबिन्द्र कुमार पिया, सञ्जय गिरी, डिस्ट्रिक गर्भनर नोमिनि डेजिक्नेटेड जितेन्द्र राज भण्डारी, जोन २३ का एजि चन्द्रमान श्रेष्ठ, अवार्ड कमिटी चियर नुगल आनन्द वैद्य, एडिस्नल डिस्ट्रिक सेक्रेटरी प्रोफेसर डा. आई.पी ढकाल, क्लबका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, क्लक टावर निर्माण समिति संयोजक जनक पौडेल लगाएतले बोलेका थिए ।



तपाईको प्रतिक्रिया