चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालबाट सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका वडा नं ११ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

मुटु र निमोनियाको समेत समस्या रहेको बताइएको छ । नारायणी सामुदायिक अस्पतालको आइसियूमा अन्य चार संक्रमितसँगै राखिएका गम्भीर अवस्थाका ती वृद्धलाई प्रशासनको अनुमतिबिना नै भरतपुर अस्पतालमा सारिएको थियो ।

बिरामी ल्याउँदा सावधानी नअपनाएको भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया