चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनको कालिका नगरपालिका ६ स्थित जुटपानीका २० वर्षीय पुरुष र भरतपुर महानगर ५ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमण पुष्टि भएकाहरु सोही वडाको क्वारेन्टाइनमा रहँदै आएका थिए ।

यसअघि सोमबार एकैदिन चितवनमा ३० जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा नवलपुरका पाँच र धादिङका एक जना रहेका छन् । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको भने मंगलबार नै मृत्यु भइसकेको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबार भरतपुरमा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको गैँडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमा गैँडाकोटा नगरपालिका–१३ का १३ वर्षीय पुरुष र वडा नं १४ का २६ वर्षीय पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया