-रवि रोषी
चितवन । रत्ननगर नगरपालिकाको वडा नं १३ पन्चकन्या उच्छ माविमा आज थप दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

छोराको नागरिकता बनाउन सर्लाही गएका बाबुछोरा विगत तीन महिनादेखि लकडाउनको कारणले सर्लाहीमा नै रोकिएर बसेका थिए ।

रत्ननगर १३ जयमंगलामा बसोबास गर्दै आएका उनीहरुलाई क्वारेन्टाइनमा राखी परीक्षणपश्चात् रिपोर्ट नेगेटिभ देखिएमा घर जान दिइने कुरा वडा नं १३ का वडा सदस्य अजित चौंरेलले बताए ।

तपाईको प्रतिक्रिया