काठमाडौँ । नेपालमा शुक्रबार हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ देखिएका कोरोना संक्रमितमा २४ महिला र ४२४ पुरुष छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार हालसम्म संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ३५३ महिला र ४ हजार ७०९ पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका दुई पुरुष र झापाका सात पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष, चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका आठ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धादिङका एक पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उदयपुरका तीन पुरुष र सिरहाका ११ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका एक पुरुष, झापाका छ पुरुष र सुनसरीका एक महिला तथा नौ जना सत्रंmमण देखिएको छ । यस्तै, प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङ्जाका २२ पुरुष, नवलपुर सुस्तापूर्वका एक र तनहुँका एक पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष, बाँकेका एक महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी सुस्तापूर्वका चार पुरुष, मोरङ एक, धादिङका दुई महिला र २५ पुरुष रहेका छन् ।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष तथा सर्लाहीका चार पुरुष रहेका छन् । यस्तै राप्ती जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा दाङका तीन महिला र पाँच पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

यसैगरी, सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष तथा सुर्खेतका दुई महिला र ४३ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्धाखाँचीका दुई पुरुष, गुल्मी र पाल्पाका एक÷एक जना पुरुष, प्युठानका दुई पुरुष, रुपन्देहीका तीन महिला र १३ पुरुष पश्चिम नवलपुरका एक महिला र एक पुरुष रहेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जना सङ्क्रमण भएको पृष्टि भएको छ । तीमध्ये सर्लाहीका नौ महिला र ४१ पुरुष, रौतहटका ८६ पुरुष, बारा, धादिङ, धनुषा, नुवाकोटका एक÷एक जना पुरुष र काठमाडौँकी एक जना महिला रहेका छन् ।

यसैबीच, शुक्रबार १६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । जसमा चार महिला र १२ पुरुष छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८७७ जना बिरामी निको भई घर फर्किएका छन् । घर फर्किनेमा ९१ महिला र ७८६ पुरुष रहेका छन् ।

शुक्रबार डिस्चार्ज भएर घर फर्किनेमा सशस्त्र प्रहरीको कोभिड–१९ युनिफाइड अस्पताल, बलम्बुबाट दुई महिला र एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिला, काठमाडौँ मेडिकल अस्पताल दुवाकोटबाट दुई महिला र एक पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष र ह्याम्स अस्पतालबाट एक पुरुष रहेका छन् ।

मन्त्रालयले पत्रकार सम्मलेलनमार्फत् अद्यावधिक गरेको विवरणअनुसार हालसम्म एक लाख २१ हजार ८६२ व्यक्तिको पिसिआर र एक लाख ८८ हजार ५२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

गत २४ घन्टाभित्र पाँच हजार ९२५ जनाको पिसिआर र नौ हजार ९०९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले पछिल्लो समय संक्रमितको संख्या वृद्धिसँगै कोरोना परीक्षणको दायरा पनि बढाइएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया