प्युठान । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् ।

नौवहिनी गाउँपालिका–७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बसेकी सरस्वतीले बिहीबार राति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया