चितवन । रोटरी क्लब अफ रत्ननगरले एक वर्षभरि सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रभावकारिताको विषयमा समीक्षा गरेको छ । वर्ष २०१९/२० मा क्लबले गरेका काम र त्यसको प्रभावकारिताको विषयमा समीक्षा गरिएको हो ।

सो क्लबले वर्ष २०१९/२० मा सौराहामा रोटरी घण्टाघर, म्याराथुन दौड प्रतियोगिता, प्रतिभा सम्मान, रक्तदान, लटौलीमा विद्यार्थी खाजा कार्यक्रम, पशु स्वास्थ्य शिविर, सूचना पाटी स्थापनालगायतका थुप्र्रै सामाजिक विकासका कामहरु गरेको क्लबका अध्यक्ष विपीन पोखरेलले जानकारी दिए ।

सहभागी रोटरी क्लबका नेतृत्वकर्ताहरुले अध्यक्ष पोखरेलको कार्यकालमा रत्ननगर रोटरीले इतिहास कायम गर्ने काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा ७ जनालाई रोटरी क्लब अफ रत्ननगरको सदस्यता प्रदान गरिएको थियो ।

रोटरी क्लबका असिस्टेन्ट गभर्नर चन्द्रमान श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा डा. आइपी ढकाल, वर्ष २०२०/२१ का असिस्टेन्ट गभर्नर रमेश श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष विपीन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सचिव सुरेन्द्रनाथ रेग्मीले सञ्चालन गरेका थिए ।

सो क्लबले सौराहामै मुसहर भिलेज, टिकौलीमा सार्वजनिक शौचालय, रत्ननगर रोटरी पुस्तकालय स्थापनालगायतका काम गरेर चर्चा कमाएको छ । अध्यक्ष पोखरेलले सौराहामा घण्टाघर निर्माण गरेर इतिहास कायम गर्न सफल भएको बताए ।

तपाईको प्रतिक्रिया