चितवन । पूर्वी चितवनको रत्ननगरका विभिन्न क्वारेन्टाइनमा बसेका ४५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १ गते भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

भारतबाट आएर रत्ननगर–४, सेरीको अबुबकर मदरसामा बसेका १३ जनासहित ४५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । मदरसामा बसेका १३ जनासहित मंगलबार २० जनालाई क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले मदरसामा बसेकाहरुलाई पिसिआर रिपोर्टको प्रमाणपत्र हस्तान्तरण गरी बिदाइ गरेका हुन् । सो अवसरमा मेयर वनले क्वारेन्टाइन अवधि पूरा गरेर घर गएपछि पनि स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने बताए ।

रत्ननगरका विभिन्न क्वारेन्टाइनमा ३६ जना रहेका र ७६ जनालाई १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी तथा पिसिआर परीक्षण गरी घर पठाइएको स्वास्थ्य शाखा सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया