चितवन । कालिका नगरपालिका–६, कमलपुरस्थित आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–६, कमलपुरस्थित भित्री सडकमा राति करिब १ बजेको समयमा भएको दुर्घटनामा अन्दाजी ३०–३२ वर्षका पुरूषको उपचारका क्रममा भरतपुर अस्पतालमा राति २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम थर र ठेगाना खुलेको छैन । कमलपुरबाट समीपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पानी लैजाने कुलोको कल्भर्टबाट खस्दा गम्भीर घाइते भएका उनलाई उपचारको क्रममा भरतपुर ल्याइएको थियो।

अहिले मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले राति १० देखि बिहान ५ बजेसम्म बिनाकाम नहिँड्न भनेको छ।

तपाईको प्रतिक्रिया