
चितवन । कोरोना भाइरस [कोभिड–१९] को संक्रमणका कारण चितवनको रत्ननगर घर भई ललितपुरमा रहँदै आएका एक जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको स्वास्थ्य मनत्रालयले पुष्टि गरेको छ ।
चितवनको रत्ननगर घर भई ललिपुरको महालक्ष्मीथानमा बस्दै आएका उनको पाँच महिनाअगाडि मिर्गौला प्रत्यारोपण गरिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताएका छन् ।
मिर्गौलामा समस्या रहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबारसम्म २६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।