चितवन । रोटरी क्लब अफ रत्ननगरले वर्ष २०१९/२० मा उत्कृष्ट काम गर्नेलाई अवार्ड र सामाजिक क्षेत्रमा रोटरीले गरेको काममा सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । 
रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने तीन जनालाई अवार्ड र सहयोग गर्ने पाँच वटा संस्थालाई सम्मान गरेका हुन् । 
अध्यक्ष पोखरेलले अमित भुषाललाई प्रेसिडेन्सियल अवार्ड, विरञ्जना घिमिरेलाई उत्कृष्ट रोटरियन अवार्ड, हरिकुमार श्रेष्ठलाई क्लबका वर्ष भरी सबैभन्दा बढी सहभागिता जनाएको ठहर गर्दै अवार्ड प्रदान गरेका हुन् ।
रोटरीले सामाजिक सेवा कार्यमा क्लबले गरेको काममा सहयोग गर्ने दाउन्ने ट्रेडर्स, होटल स्टार व्इन्क्युट, सम्पर्क हार्डवेयर र मैनाली हार्डवेयरलाई सम्मान गरिएको रोटरी क्लबका सदस्य लक्ष्मीलाल श्रेष्ठले जानकारी दिए ।
जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगरका मेयर नारायण वन, रोटरीका असिष्टेन गर्भनर चन्द्रमान श्रेष्ठ, डा आईपी ढकाललगायतले मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरेन्द्रनाथ रेग्मीले सञ्चालन गरेका थिए ।
अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा टिकौलीमा सार्वजनिक शौचालय निर्माण र हस्तान्तरण, सौराहामा रोटरी घन्टाघर, कालिका नगरपालिकाको लटौलीमा पाठ्यक्रम तथा दिवाखाजा, अन्तर्राष्ट्रिय मिनी म्याराथन, प्रतिभा सम्मान, रक्तदान, बेल्सी माविलाई ल्यापटप सहयोगलगायतका काम भएका थिए ।
अध्यक्ष पोखरेलले रोटरी क्लबको इतिहासमै पहिलो पटक सय प्रतिशत सदस्य संख्या थप गर्न सफल भएका छन् ।












