चितवन । नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा १३ च स्कार्पियो जिप र विपरीत दिशाबाट आइरहेको एनएलओ १ क्यु ५१०६ नंको ग्यास बुलेट एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कार्पियोमा सवार हेटौँडा ५ की ४८ वर्षकी प्रभा गौतमको मृत्यु भएको छ । प्रहरीको अनुसार दुर्घटनामा घाइते भएकी उनको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको थियो ।

स्कार्पियोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँका स्कार्पियो चालक ४८ वर्षका राजन घिमिरे, २५ वर्षका अनुज धिताल, ५३ वर्षका कृष्ण धिताल र २७ वर्षकी वर्षा धिताल रहेका छन् ।

घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ग्यास बुलेटका चालक फरार भएका छन् ।

तपाईको प्रतिक्रिया