तनहुँ । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए । मृतकको शव दमौली अस्पताल ल्याउने तयारी गरिएको छ ।

यसैबीच, कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरको पानी धारामा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षीय दिलबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

तपाईको प्रतिक्रिया