महेश पाण्डे
२१ असार, चितवन । बर्खा लागेसंगै बर्षेनी कयर खोलामा आउने बाढीले रत्ननगर–३ शान्तिचोक र बेल्सी बासीलाई सास्ती दिदै आएको छ । बर्खामा पानी पर्र्न थाले पछि त्यस क्षेत्रका बासीन्दालाई मनमा बाढिको त्रास पैदा हुने गर्दछ । तर बिगत १० दिन देखी निर्माण भईरहेको उत्तरमा बाबा ग्यासको टावर देखि दक्षिणमा बन्सी र बेल्सीको सिमाना सम्मको करिब १२ सय मिटर लामो दाया बाया बनेको ड्याम निर्माणले भने स्थानीएमा केहि आशा जगाएको छ ।

कयर खोला बहाव नियन्त्रण उपभोक्ता समितीका अध्यक्ष पुरु खनालले नेपालीको आवाज डटकमलाई जानकारी दिदै भने “पहिला कयर खोलाको आफ्नो बाटो नहुदा वर्खाको समयमा पानी सिधै स्थानीयको घरमा पस्ने समस्या रहेको थियो जसले करिब १०० बिगाहा भन्दा बढि खेती योग्य जमिनलाई असर पारिरहेको थियो तर अब भने खोलाले आफ्नो बाटो पाएको छ केहि हद सम्म भएपनि राहत हुनेमा हामी आसावादी छौ ।” अध्यक्ष खनालले रत्ननगर नगरपालिका र वडा नं. ३ को करिब २२ लाख ७२ हजारको अनुमानीत लागतमा काम सुरु भएकोमा हालसम्म करिब ५ लाखको काममानै धेरै प्रगति देखिएकोमा आफुलाई खुसी लागेको कुरा ब्यक्त गरे ।

उनले दाया बाया ड्याम बनेसंगै अब ग्याबीन जालीको ब्यवस्था गर्न सके अझै सुरक्षा बढ्ने बताउदै त्यसको काम पनि श्रावण महिनाबाट शुरुहुने बताए । उनले ड्याम निर्माण भएसंगै पूर्वमा रहेको बाबा ग्यास, दालमोठ फ्याक्ट्रि, जनदोय स्कुल र त्यसक्षेत्रका बासीन्दा र पश्चिममा रहेको १२० घरधुरीलाई यसले राहत दिने बताए । उनले कयर खोलामा बाढी आउदा बेल्सीमा रहेको ड्यामलाई सधै असर पर्ने गरेकोमा हाल बनेको नया ड्यामले गर्दा अब भने त्यसो नहुने बताए ।

यसै बिच उक्त ड्याम निर्माण गर्दा ब्यक्तिगत जग्गा जोगाउन कयर खोलालाई साघुरो पारिएको भनि केहिले बिरोध गर्ने गरेका छन् यस बिषयमा भने समिति गम्भिर भएर लाग्नु पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया