
चितवन । भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकमा असार २० गते राति एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता सूर्यबहादुर थापाका अनुसार कोठा भाडामा बस्ने अन्दाजी २४ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् ।
उनीसँग अन्य दुईजना युवती पनि बस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर लाइभ गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ । उनी रहेको कोठाबाट लागूऔषध सिरिन्ज बरामद भएको पाइएको छ ।
शव पोस्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको कारणबारे थप जानकारी लिने प्रयास भइरहेको प्रवक्ता थापाले बताए ।