चितवन । चितवनमा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर २ टाँडीचोकमा स्कार्पियोको ठक्करबाट स्थानीय ३४ वर्षीय कृष्णकार रञ्जितको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

भरतपुरबाट रत्ननगरतर्फ आउँदै गरेको प्रदेश नं ३ ०१ ००२२ नम्बरको स्कार्पियोले साइकलमा सवार रञ्जितलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा आइतबार साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कार्पियोसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया