चितवन । इच्छाकामना गाउँपालिकाको वडा नं–१ का सीमान्तकृत चेपाङ समुदायको आयआर्जनका लागि आइतबार फलफूल र घाँसका बिरूवा वितरण गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरुलाई व्यावसायिक खेतीप्रति आकर्षित गराउन फलफूलका बिरूवा वितरण गरेको हो ।

गाउँपालिकाको सहकार्यमा इम्प्याक्टले सुरू गरेको सबै यात्राहरुको सुरूवात एक सपनाबाट हुन्छ नामक परियोजनाअन्तर्गत वडा नं–१ मा रहेका ६५ घरपरिवारलाई जनही १०० वटा सुन्तला, १०० वटा कागती र मागको आधारमा घाँसका बिरूवा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

चौकीडाँडामा आयोजित कार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक सुजन बस्नेत र हात्तीवाङमा आयोजित कार्यक्रममा परियोजना अधिकृत अनिल अर्यालले बिरूवा हस्तान्तरण गरेका थिए ।

कार्यक्रमकी प्रमुख अथिति वडा सदस्य अञ्जु प्रजाले चेपाङ समुदाय आयआर्जनका लागि व्यावसायिक खेतीतर्फ उन्मुख हुनुपर्ने बताइन् । चेपाङ समुदायको जीवनस्तर उकास्न सपना भिलेजले इच्छाकामनामा सो परियोजना सुरू गरेको हो ।

तपाईको प्रतिक्रिया