चितवन । रत्ननगर जेसीजले शिक्षाकोे क्षेत्रमा योगदान दिएका रत्ननगरका दुई जनालाई आइतबार सम्मान गरेको छ । जेसीज सप्ताहको उद्घाटन कार्यक्रममा लामो समय शिक्षाको क्षेत्रमा योगदान दिएका अवकाश प्राप्त शिक्षक रामचन्द्र अधिकारी र शिक्षाप्रेमी रामबाबु घिमिरेलाई सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं–२ का वडाध्यक्ष तिलकराज शर्मा र रत्ननगर जेसीजका अध्यक्ष प्रदीप अधिकारीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्षहरु शिवप्रसाद भूषाल, कृष्णप्रसाद सापकोटा, सम्मानित व्यक्तित्व रामबाबु घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

आइतबार उद्घाटन भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज सोमबार सानो घरमा रहेका असहाय बालबालिकाका लागि खाद्यान्न वितरण, असार २३ गते वृद्धवृद्धासँग जेसीज भन्ने नाराका साथ रत्ननगर–१० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण, असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम, असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, २६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाइन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्लाभित्रका जेसीज शाखाहरुबीच हाजिरीजवाफ प्रतियोगितासँगै सप्ताहको समापन गरिने मूल संयोजक बाबुराम परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया