चितवन । कोरोना संक्रमण बढ्दै जाँदा समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन प्रहरीले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ ।

अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत ईश्वर सिंखडाले जानकारी दिए ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्णरुपमा नखुली व्यवस्थितमात्र गरिएको चितवन प्रशासनले जनाएको छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा पनि दुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया