चितवन । पूर्वी चितवनको रत्ननगरमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

रत्ननगर जेसीस सप्ताहको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा रत्ननगर जेसीजका उपाध्यक्ष सुमन पौडेलले जानकारी दिए ।

रक्तदान कार्यक्रम समापन भएलगत्तै सानो घरमा आश्रित बालिकाहरुलाई केरा, जुस, अण्डा र चना प्रदान गरिएको छ ।

जेसीज सप्ताहअन्तर्गत मंगलबार रत्ननगरको टिकौलीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल, पौष्टिक आहारसँगै उनीहरुको स्वास्थ्य जाँचसमेत गरिएको सो कार्यक्रमका संयोजक रामु आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया