चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरुलाई नगद ६१ हजार ७४३ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ र २ नं वडाका रहेका छन् । उनीहरु विरूद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया