चितवन । रत्ननगर–१२, सालघारीमा रहेको पञ्चदीप आधारभूत विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रत्ननगर जेसीसले सो विद्यालयमा अध्ययनरत १८० जना विद्यार्थीलाई कापी, कलमलगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर पाख्रिन र रत्ननगर जेसीजका अध्यक्ष प्रदीप अधिकारीले विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्टलाई स्टेसनरी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रत्ननगर जेसीजका पूर्वअध्यक्ष सुरेशचन्द्र आचार्य, शिक्षक डा. वसन्त अधिकारी, समाजसेवी श्याम बराललगायतले मन्तव्य राखेका थिए ।

जेसीज सप्ताहअन्तर्गत आज शुक्रवार कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभाव र समाधानको बाटो विषयमा अनलाइन अन्तक्र्रिया कार्यक्रम हुने सप्ताहका संयोजक बाबुराम परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया