चितवन । डेक नेपाल सौराहाले अण्डेफको आर्थिक सहयोगमा कालिका नगरपालिका वडा नं ११ सिद्धिमा बसोबास गर्ने चेपाङ समुदायको लागि माक्स,सेनिटाइजर र साबुन सहयोग गरेको छ ।

डेक नेपालद्वारा सञ्चालित चेपाङ महिला सशक्तिकरण परियोजनाअन्तर्गत वडाभित्रका चेपाङ समुदाय वितरण गर्ने गरी एक हजार सर्जिकल माक्स, ४० लिटर सेजिटाइजर एक ८०० पिस साबुन प्रदान गरिएको डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । नेपाल चेपाङ संघ चितवन र कालिका नगरपालिकाको सहकार्यमा सो सामाग्री सहयोग गरिएको हो ।

सिद्धिको तीन दोभानमा आयोजित कार्यक्रममा अगुवा चेपाङ महिला पैरवी मञ्चकी अध्यक्ष सजिना चेपाङले वडाध्यक्ष कृष्णबहादुर प्रजालाई उल्लेखित माक्स,सेनिटाइजर र साबुन हस्तान्तरण गरेकी थिइन् ।

सो अवसरमा वडाध्यक्ष प्रजाले कोरोना संक्रमणबाट वडावासीलाई जोगाउन तत्कालका लागि खाद्यान्न भन्दा पनि सुरक्षाका सामाग्री आवश्यक रहेकाले डेक नेपालसंग माक्स, सेनिटाइजर र साबुन माग गरिएको बताए ।

हस्तान्तरण कार्यक्रममा वडा नं १० का वडाध्यक्ष दिलबहादुर चेपाङ, राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान चितवनका अध्यक्ष टीकाराम लामिछाने, टेकमाइन्स नेटवर्कका सञ्चालक यमन भूषाल, राष्ट्रिय प्राथमिक विद्यालय मझवाङका दिवलाल चेपाङलगायतको सहभागिता रहेको थियो ।

सो परियोजनाले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका चेपाङको जीविकोपार्जन,अधिकार र उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ ।

अण्डेफको आर्थिक सहयोगमा डेक नेपालले चेपाङ समुदायलाई सो सामग्री सहयोग गरेको हो । यसअघि सो परियोजनाले कोरोना संक्रमणको चपेटमा परेका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका सीमान्कृत चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया