नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ रानीटारस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु २ त ८८६४ नम्बरको ट्रयाक्टरको ठक्करबाट रानीटारमा मध्यविन्दु १५ निवासी वीरेन्द्र महतोकी ४ वर्षीया छोरी अनुश्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते बालिकाको उपचारको क्रममा बुधबार साँझ साढे ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते बालिकालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया