नवलपरासी । विगत चार दिनदेखि परेको वर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीका ६१ वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको प्रहरी चौकी बुलिङटारले जनाएको छ ।
पहिरोले उनीहरुलाई घरसँगै पुरेको थियो । पुरिएका दुवैको मृत्यु भएको र दुवै जनाको शव पुरिएको स्थानबाट निकालिएको प्रहरी चौकी बुलिङटारले जनाएको छ ।
मंगलबार बिहान करिब तीन बजेतिर घरमाथिबाट ठूलो पहिरो आएर घरसहित बुवाआमालाई पुरेको मृतकका छोरा धनवीर नेपालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया