
महेश पाण्डे
६ श्रावण, चितवन । रत्ननगर–१३ जयमंगलाका ३५ वर्षीय होम क्वारेन्टाइनमा रहेका युवालाई कोरोना पुष्टी भएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा आज (मंगलबार) गरिएको परिक्षणमा ती युवालाई कोरोना पुष्टी भएको हो ।
नेपालीको आवाज डटकमले यस बिषयमा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलसंग बुझ्दा उनले जयमंगलामा रहेको घरमा होम क्वारेन्टाईनमा रहेका युवालाई कोरोना देखिएकाले उनलाई भोलीनै रत्ननगर वा भरतपुर मध्य एउटा अस्पतालमा रिफर गर्ने जानकारी दिए । पौडेलले करिब १ हप्ता अगाडी ती युवा जनकपुरबाट जयमंगला आएका र आफै सेल्फ होम क्वारेन्टाइनमा सुरक्षीत ढंगबाट बसिराखेकोमा उनलाई आफैलाई कोरोनाको संका लागेर स्वास्थ्य परिक्षणकालागि नगरपालीकामा अनुरोध गरेकाले आजनै बकुलहरबाट नमुना संकलन गरि भरतपुर पठाएकोमा कोरोना पुष्टि भएको जानकारी दिए ।
पाडेलले ती युवा आफै पनि स्वास्थ्य क्षेत्रमानै काम गर्ने ब्यक्ति भएको बताउदै जनकपुरबाट जयमंगलामा आई सुरक्षीत रुपमा छुट्टै कोठामा बसेको र उनले प्रयोग गर्ने सौचालय देखी सबै छुट्टैनै भएकोले डराउन नपर्ने पनि बताए ।