चितवन । ३८औँ विपी स्मृति दिवसको अवसरमा पूर्वी चितवनको रत्ननगरमा दीप प्रज्वलन गरिएको छ ।
नेपाली काँग्रेस रत्ननगर नगर समितिले रत्ननगर १ सौराहाचोकमा दीप प्रज्वलन गरी विपी कोइरालाको योगदानको स्मरण गरेको हो । नेपाली काँग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले दीप प्रज्ज्वलन गरेका थिए ।

सो अवसरमा नगर सभापति रुपनराज घिमिरेले नेपालमा जननिर्बाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाको योगदानका कारण नेपालमा प्रजातन्त्र स्थापित भएको बताए । कोइरालाको सिद्धान्तकै जगमा नेपाली काँग्रेसले लामो समयसम्म मुलुकको नेतृत्व गरेको भन्दै नगर सभापति घिमिरेले कोइरालाको योगदान र सिद्धान्तलाई काँग्रेसले सधैँ सिरोपर गर्ने बताए । कार्यक्रममा जिल्ला प्रवक्ता निता ढकाल, जिल्ला सदस्य तथा तरुण विभाग प्रमुख प्रल्हाद सापकोटा, नेता उत्तम आचार्य, माधव अर्याल, नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु, नगर समितिका पदाधिकारी, महासमिति सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया