
महेश पाण्डे
७ श्रावण, चितवन । पूर्वी चितवनमा रहेको खैरहनी नगरपालिकाले आ.व. २०७६/०७७ को खर्च तथा प्रगती विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले आज (बुधवार) खैरहनीमा रहेको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरि आ.व. २०७६/०७७ को खर्च तथा प्रगती विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार गएको आ.व २०७६/०७७ मा कुल बजेट रु. ९६ करोड ५० लाख ७६ हजार ८ सय ६० मध्ये चालु बजेट रु. ३६ करोड ३१ लाख ६३ हजार ६ सय ७५ मध्ये रु. २७ करोड ६३ लाख ७९ हजार ४ सय ६७ खर्च भएकोमा कुल चालु बजेटमा ७६.१ प्रतिशत खर्च भएको र पँुजीगत बजेट रु. ६० करोड १९ लाख ४ हजार १ सय ८४ मध्ये रु. ३३ करोड १७ लाख ९९ रुपैया खर्च भएकोमा कुल पँुजीगत बजेटको ५५.११ प्रतिशत खर्च भएको साथै चालु र पँुजीगत गरी कुल खर्च रु. ६० करोड ८० लाख ७९ हजार ५ सय ६६ रुपैया भएको देखिएको छ । जुन कुल वार्षीक वजेटको ६३.१० प्रतिशत रहेको छ ।
आ.व २०७६/०७७ मानै नगरपालिकाले कुल राजश्व रु ९ करोड २५ लाख २५ हजार उठाउने अनुमान गरेकोमा असार मसान्त सम्म १० करोड ९२ लाख ३२ हजार ५ सय ६६ असुली गरेको छ जुन कुल आन्तरीक आय अनुमानको ११८.०६ हुन आउदछ । यसरी हेर्दा नगरपालिका राजश्य संकलनमा निकै सफल रहेको देखिएको छ ।
प्रगति विवरणलाई आधार मानेर हेर्दा नगरपालिकाले नगर भित्र ५३९ वटा योजना तयार पारेकोमा ४८० वटा योजनाको सम्झौता भएको र जसमा ४६० वटा सम्पन्न भइसकेको र २० वटा भने सम्पन्न हुन बांकी रहेको देखिएको छ । जुन योजनाहरुमा वडागत कालोपत्रे सडक ३८ वटा, नगरस्तरीय पुर्वाधार विकास कार्यक्रम अन्र्तगत १५ वटा, प्रदेश निर्वाचन क्षेत्र अन्र्तगत २ वटा, स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ४ वटा गरि जम्मा ५९ वटा कालोपत्रे योजनाहरु क्रमागत रुपमा रहेको उल्लेख गरिएको छ ।
गएको आ.व. २०७६/०७७ मा खैरहनी नगरपालिकाका १ देखि १३ नं. वडा कार्यालयलाई बिभिन्न निर्माण तथा कार्यक्रम गर्नको लागि छुट्याईएको बजेट मध्ये रु १ करोड ८७ हजार भने खर्च हुन नसकेको देखिएको छ । त्यस्तै खर्च हुन नसकेकोमा शिक्षा युवा तथा खेलकुद तर्फ कुल बजेट १९ करोड ५० लाख १७ हजार ७५ मध्ये ७२ लाख ४५ हजार खर्च भएको छैन भने १६ करोड १३ लाख ४८ हजार ७ सय ३८ खर्च भएको छ जुन कुल बजेटको ८२.७४ प्रतिशत हुन आउदछ । त्यस्तै कृषि विकास तर्फ कुल बजेट ३ करोड ७४ लाख ५ हजार ५ सय मध्ये १ करोड ३ लाख ३९ हजार खर्च हुन सकेको छैन भने २ करोड ३६ लाख ४८ हजार ६ सय ५७ खर्च भएको देखिन्छ जुन कुल बजेटको ७०.१९ प्रतिशत रहेको छ । महिला तथा बालबालिका शाखा तर्फ कुल बजेट २३ लाख मध्ये ९ लाख ६३ हजार ८ सय खर्च हुन सकेको छैन भने १३ लाख ३६ हजार २ सय खर्च भएको देखिन्छ जुन कुल बजेटको ५८.०९ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा साखा तर्फ कुल बजेट ४ करोड ६६ लाख १३ हजार ३ सय ५६ मध्ये ३१ लाख १६ हजार खर्च हुन सकेको छैन भने ३ करोड २२ लाख ७५ हजार २ सय ५४ खर्च भएको देखिन्छ । जुन कुल बजेटको ६९.२४ प्रतिशत रहेको छ ।
त्यस्तै पशु सेवा शाखा तर्फ कुल बजेट ७९ लाख २२ हजार ५ सय रहेकोमा ४ लाख ९० हजार खर्च हुन सकेको छैन भने ७१ लाख ६० हजार ९ सय ५१ खर्च भएको देखिन्छ, जुन कुल बजेटको ९०.३९ प्रतिशत रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कुल बजेट १९ लाख ९१ हजार रहेकोमा ८ लाख ४४ हजार ४ सय ८८ खर्च हुन नसकेको देखिएको छ भने ११ लाख ६२ हजार २ सय ६० रुपैया खर्च भएको देखिएकको छ, जुन कुल बजेटको ९४.३८ प्रतिशत रहेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ कुल बजेट १ करोड ८८ लाख ३२ हजार रहेकोमा १ करोड ७८ लाख २६ हजार १ सय ५२ खर्च भएको देखिएको छ भने कार्यालय संचालन तर्फ कुल बजेट १७ करोड ९० लाख १६ हजार १ सय ३ रहेकोमा १४ करोड ५६ लाख ८० हजार ५ सय ७४ खर्च भएको देखिएको छ ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले नगरमा भएको खर्च नगरवासीले थाहा पाउन जरुरी रहेकाले खर्च तथा प्रगति विवरण सार्वजनिक गरेको जानकारी दिए । उनले नगरवासीले नगरको खर्चको बारेमा थाहा पाएमात्र अपनत्व महसुस हुने भन्दै कारोना महामारीको कारणले गर्दा चाहादा चाहादै पनि धेरै काम सम्पन्न गर्न नसकोको जिकिर गरे । उनले गएको आ.वमा ठुलो रकम सडक र पुलको लागि बिनियोजन गरिएको भएपनि बिशेष कारणले सम्पन्न हुन नसकेका आयोजनालाई यो वर्ष सम्पन्न गर्ने बताए । उनले सम्पुर्ण वडा अध्यक्षहरुलाई वडाका कामलाई अहिलै देखिनै अगाडी बढाउन अनुरोध पनि गरे ।