चितवन । रत्ननगरमा क्रियाशील लायन्स क्लब अफ रत्तननगर मिड नेपाल र लायन्स क्लब अफ रत्ननगर पिसको पाँचौँ संयुक्त स्थापना दिवसको अवसरमा स्वास्थ्य, सामाजिक र सृजनाको माध्यमबाट समाजमा दिएको योगदानको कदर गर्दै विशेष समारोहको अवसर पारेर प्रा.डा. ढुण्डिराज पौडेललाई सम्मान गरेको छ ।
लायन्स अन्तर्राष्ट्रिय ३२५ बि २ का डिष्ट्रिक्ट गभर्नर लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा दुवै संस्थाका संस्थापक अध्यक्षहरु ला. सुरेशचन्द्र आचार्य र ला. कृष्णलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
दुवै क्लबका अध्यक्षहरु ला. किशोर चालिसे र ला. नरेन्द्र बेलबासेको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त समारोहमा वर्ष भरी क्लबको सामाजिक क्षेत्रमा गरेका योगदानको चर्चा गरिएको थियो ।
डिष्ट्रिक्टका प्रथम भाइस गभर्नर ला. रामप्रसाद भट्टले डिष्ट्रिक्टकै उत्कृष्ट नेतृत्वदायी क्लबहरुको स्थापना दिवसमा सहभागी हुने अवसर प्राप्त भएको भन्दै क्लबका सामाजिक अभियानहरुको मुक्तकण्ठले प्रशंसा गरे ।
जिल्लाका सबैजसो लायन्स नेताहरु उपस्थित भएको उक्त समारोह क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ ला. सुरेशचन्द्र आचार्यले सञ्चालन गरेका थिए ।
वर्ष २०१९/२० का अध्यक्षद्वय प्रकाश शर्मा र ला. रमेश नेपालले वर्षभरी उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई पुरस्कार वितरण गरेका थिए । आगामी वर्षलाई थप क्रियाशील र थप सामाजिक सेवामा क्लबलाई समर्पित गर्नका लागि योजनासमेत तयार गरी उत्कृष्ट कार्य सम्पादनमा आफूहरु लागिपरेको कुरा २०२०÷२१ का अध्यक्षद्वय ला. किशोर चालिसे र ला. नरेन्द्र बेलबासेले प्रतिबद्धता जाहेर गरेका थिए ।
२०७७ साउन ९ गते लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पीसको पाँचौँ स्थापना दिवस प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक्ट गर्भनर एम.जे.एफ. लायन शम्भु नकर्मी, विशिष्ट अतिथि भाइस डिष्ट्रिक्ट गर्भनर एम.जे.एफ. लायन रामप्रसाद भट्ट, विशिष्ट अतिथि प्रा.डा. ढुण्डिराज पौडेल, अतिथि डिष्ट्रिक्ट सेक्रेटरी लायन टासी डोल्मा तुम्बाहाम्फे, अतिथि डिष्ट्रिक्ट ट्रेजरर लायन शिव विडारीलगायत लायन अग्रजहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

वर्ष २०२०–२१ का दुवै क्लबका अध्यक्षद्वय लायन किशोर चालिसे र लायन नरेन्द्र बेलबासेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा राष्ट्रमै स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अनवरत सेवा गरी अतुलनीय योगदान गर्ने प्रा.डा. ढुण्डिराज पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया