चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नगरस्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । रत्ननगर नगरपालिका सहकारी शाखाले आयोजना गरेको भेलाले ऋतु गिरीको अध्यक्षतामा सहकारी सञ्जालको समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा ओमलाल सापकोटा, सचिवमा राजेन्द्र न्यौपाने, कोषाध्यक्षमा हरिभक्त घिमिरे र सदस्यहरुमा शिवकान्त पौडेल, पार्वती न्यौपाने, सीता रेग्मी, सानुमाया थापा, फूलकुमारी लामा, केशवप्रसाद अर्याल र विमल रेग्मी रहेका छन् ।

सञ्जालले नगरभित्रका सहकारीको व्यवस्थापन र समायोजनको विषयमा काम गर्नेछ । रत्ननगरका मेयर नारायण वन प्रमुख अतिथि रहेको सो कार्यक्रममा विमला दुवाडी, तेजेन्द्र खड्कालगायतको सहभागिता रहेको थियो ।

रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा बचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, एक सञ्चार सहकारी र एक जडीबुटी सहकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया