चितवन । पृथ्वीराजमार्गअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण बिहीबार बिहान ८ः५५ बजेको समयमा पहिरो खस्दा दुईतर्फी बाटो नै अवरुद्ध भएको थियो ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाएर मुग्लिन नौबिसे सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया