काठमाडौँ । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हबल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ ।

सो कार्यालयका अनुसार सेवाग्राहीसँग घूस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घूस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामबालक राय यादवलाई कारबाही गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हबल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घूस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको कामलाई पारदर्शी र अनुशासित बनाउन विशेष अभियान सुरु गरेको सो कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए । रासस

तपाईको प्रतिक्रिया