चितवन । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वी चितवनको रत्ननगरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा १२५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए । कार्यक्रममा १० जना महिलासहित १२५ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले लायन्स क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष विकर्णकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदानको सुरूवात गरेका थिए । पूर्वअध्यक्ष श्रेष्ठले शनिबारसहित ७७ पटक रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ रत्ननगरका अध्यक्ष शिवलाल पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियो अर्पण रहेको थियो ।

तपाईको प्रतिक्रिया