चितवन । चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

खैरहनी ६ स्थित केसी बोरा उद्योगमा काम गर्न आएका ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । मृतकसहित ६ जना बारा जिल्लाबाट १३ दिनअघिमात्रै आएका थिए । उनीहरुलाई उद्योग नजिकैको भाडाको घरमा राखिएको थियो ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरका अनुसार मृतकले छाती दुख्यो भनेर भने पनि कोरोनासँग मिल्ने अन्य लक्षण थिएन ।

खैरहनीका मेयर लालमणि चौधरीले कोरोनाको लक्षण नदेखिएको भन्दै मृतकसहित उनीहरुको साथीहरुको स्वाब संकलन गर्ने तयारी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया