अजित अधिकारी
२० श्रावण, चितवन । माडीमा ट्रकको ठक्करबाट एक जना बालिकाको मृत्यु भएकाे छ । माडी नगरपालिका ९ बगही स्थित गोबिन्दबस्तीमा ट्रकको ठक्करबाट आज एक बालिकाको घट्ना स्थलमा नै मृत्यु भएको हाे । बगहीँबाट बसन्तपुरतर्फ आउँदै गरेको ना.५ ख. ६९७९ नम्बरको मालबाहक ट्रकले बालिकालाई ठक्कर दिँदा बालिकाको घट्नास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही ठाँउ निबासी अन्दाजी बर्ष ६ की बालिका खुस्बु दुरा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । घट्नाको थप बिस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया