महेश पाण्डे
२२ श्रावण, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोनाको कहर बढे हाल सञ्चालनमा रहेका अस्पतालले बिरामी धान्न नसक्ने बताएका छन् । उनले बिहिबार नियमित प्रेष ब्रिफिङ्गका क्रममा भने “संक्रमण बढ्दै गए हाम्रा अस्पतालले धान्दैनन, स्वास्थ्यकर्मीको पनि अपुग हुन सक्छन र अकालमानै ज्यान जान सक्छ त्यसैले रोग लाग्न नदिनको लागि बैलैमा होसीयार हौं, बुद्धि पुर्याउ ।”

उनले कोरोना भाइरसको हाल सम्म पनि कुनै उपचार पद्धति पत्ता नलागेकाले औषधी, आइसियु, भेन्टिलेटरले बिरामीलाई सहयोग मात्र गर्ने भएकाले रोग लाग्न नदिनुनै उत्तम उपाए भएको बताए । डा. गौतमले सबैमा अति आवश्यक परे मात्र घर बाहिर निस्कन, २ मिटरको दुरी कायम गर्न, अनिवार्य रुपमा माक्सको प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न र अनिवार्य रुपमा साबुन पानीले हात धुन पनि आग्रह गरे ।
हाल सम्म नेपालमा २१ हजार भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ भने ६५ जनाको कोरोनाकै कारणले निधन पनि भैसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । सुरुवाती अवस्थामा देखिएको कोरोना संक्रमणको लक्षण त्यति नदेखिने गरेकोमा हालका दिनमा भने लक्षणहरु घातकरुपमानै देखिन थालेकाले सचेत रहन बिज्ञहरुले सर्वसाधरणमा आग्रह गर्न थालेका छन् । लकडाउन खुले संगै कोरोनाको कहर समुदाय स्तरमानै बढ्ने खतरा रहेको भन्दै प्रधानमन्त्रीलाई पुन दुई हप्ताको लागि भएपनि लकडाउन गर्न बिज्ञहरुले सुझावनै दिइसकेका छन् । हालका दिनमा कोरोनाको कहर दिनानुदिन बढि रहेकोले सबैले बिशेष सावधानी भने अपनाउनु पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया