रुपन्देही । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

शुक्रबार राति कार अनियन्त्रित भई पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया