२७ श्रावण, काठमाडौं : प्रहरीले गत शनिबार राति काठमाडौंको गोंगबुमा एक ब्यक्तिकाे विभत्स हत्याका आरोपी महिलालाई सार्वजनिक गरेकाे छ । साेमबार हत्याको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो।
उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकाे प्रहरीले जनाएको छ । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ।
प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बयानकाे क्रममा बताएको घटनामा संलग्न अधिकारीले जनाएका छन् । प्रहरीले घटनास्थलबाट बरामद गरेकाे ह्यामर र दाउ पनि फेला पारेर सार्वजनिक गरेकाे छ ।
घटनापछि ती महिला एम्बुलेन्समा चढेर चितवन पुगेको पनि खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेर काठमाडौं लगेकाे हाे ।