
२७ श्रावण, चितवन । नेपाल कम्प्युनिष्ट पार्टी(नेकपा)रत्ननगर नगर कमिटीका सदस्य युवा नेता सरोज भण्डारी माथी भएको साङ्गातिक आक्रमणको निन्दा र भत्सना गरिएको छ । नगर कमिटीले मंगलवार एक विज्ञप्ती जारी गरी यही साउन २५ गते साँझ अराजक समुहले भण्डारीलाई आक्रमण गरेको भन्दै घटनाको निन्दा र भत्सना गरेको हो ।
नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछाने द्धारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा भण्डारीलाई आक्रमण गर्ने समुहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ । साथै नगर कमिटीले घाइते भण्डारीको शीघ्र स्वास्थ्य