महेश पाण्डे
२७ श्रावण, चितवन । तिजकाे अबसर पारेर छाेटाे चलचित्र “तिज र पुरुष” युट्युब मार्फत सार्वजनिक गरिएकाे छ । लेखक, निर्माता तथा निर्देशक नवीन के. शर्माले बनाएकाे उक्त छाेटाे चलचित्र बाेण्ड्स फिल्म प्राेडक्सनकाे युट्युब च्यानल मार्फत मंगलबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गिरएकाे हाे ।

चलचित्रका प्रस्तुतकर्ता शर्माले हरितालिका तिजकाे अबसर पारेर चलचित्र निर्माण गरिएकाे बताए । उनले तिज महिलाकाे पर्व भएपनि पुरूष जाेड्नुकाे कारण तिज पर्व पुरुष बिना खल्लाे हुने र सबै परिवार मिलेर तडकभडक रहित तवरले मनाउनु पर्ने सन्देश दिन चलचित्र निर्माण गरिएकाे बताए ।

करिब ११ मिनेट मात्र रहेकाे साे चलचित्रमा केदार दवाडी, रेश्मा सुवेदी, सागर हेल्लाे जान र नवीन के. शर्मा लगाएतकाे मुख्य अभिनय रहेकाे छ भने स्मारिका दराई र निरज दराईलाई बाल कलाकारकाे रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई आभाष रानाले छायांकन गरेका छन भने सुमित लामाले सम्पादन गरेका हुन ।

तपाईको प्रतिक्रिया