
चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा चितवनका १६ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर महानगरपालिका १,२,३,८,१०,११ का ७ पुरुष र ५ महिला, राप्ती-६ का ३ पुरुष, ईच्छाकामना-५ कि एक महिलामा काेराेना पुष्टि भएकाे हाे ।
काेराेना प्रयोगशाला भरतपुरकि प्रमुख नीतु अधिकारीका अनुसार पहिलाे पटक ईच्छाकामना गाउँपालिकाबाट माैलाकालिका अस्पताल उपचारत एक जना पुरूषमा पनि काेराेना पृष्टी भएकाे हाे। भरतपुर अस्पतालमा साेमबार गरिएको ३१० जनाकाे काेराेना परिक्षणमा अन्य ५ जनामा पनि काेराेना पाेजेटिभ देखिएकाे छ । जसमा बाराका १, तनहुकाे २, राैतहट र बैतडीका एक जना रहेका छन् ।