महेश पाण्डे
२९ श्रावण, चितवन । रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । बुधबार रत्ननगर अस्पतालका चिकित्सक र प्रभु बैंककाे साैराहा शाखामा कार्यरत कर्मचारीमा काेराेना पुष्टि भएकाे थियाे ।
काेराेना पुष्टि भएसंगै आज (बिहीबार) नै रत्ननगर नगरपालिकाले सुचना जारी गरि रत्ननगर वडा नं. ६ र ७ मा संञ्चालित बैंक, बित्तीय संस्था, सहकारी लगाएत सम्पुर्ण संघ संस्थाहरु र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक, प्रसुति, डायलाईसिस सेवा बाहेकका सम्पुर्ण सेवाहरु अनिश्चित समयका लागि बन्द गरेकाे छ ।
उता भरतपुर-७ घर भएका बकुलहर अस्पतालमा कार्यरत ३९ वर्षीय चिकित्सकको अवस्था भने सामान्य रहेकाे छ। उनको श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। उनीहरू हाल आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन्। 
त्यस्तै, प्रभु बैंक सौराहा शाखाका तीन दिन अघिमात्रै सरुवा भएर आएका एक कर्मचारीमा पनि बुधबार संक्रमण पुष्टि भएको थियो। ती कर्मचारीले नवलपरासीमा स्वाब दिएका थिए। उनकाे अवस्था पनि सामान्य रहेकाे छ ।

तपाईको प्रतिक्रिया