२९ श्रावण, चितवन । चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे अवस्थामा रहेकाे देखिएकाे छ । पछिल्ला दिनहरुमा भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएका स्वाबहरुमा काेराेना पाेजेटिभकाे संख्या थपिएकाे पाइएकाे छ । एसकाे अर्थ चितवनमा सर्वसाधारणहरु अझ सजग हुनुपर्ने अवस्था आएकाे बुझिन्छ ।

बिहिबारमात्र भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएकाे १३० नमुना मध्ये १६ वटा नमुनामा काेराेना पाेजेटिभ देखिएकाे छ । जसमध्ये चितवनका १२ जना रहेका छन् । जसमा भरतपुर वडा नं. २, ४, ७, १० का ८ पुरुष १ महिला, राप्ती-९ कि १ महिला, रत्ननगर-१३ का १ पुरुष र खैरहनी-८ का १ पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया